मंगलबार, असार १६, २०८३

पहिरोले कान्ति लोकपथ अवरुद्ध

 |  मंगलबार, असार १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०८३

मकवानपुर- हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।  

जिल्ला प्रहरी कार्यालयका  अनुसार     कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ। उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन्।

प्रकाशित: Jun 30, 2026| 11:32 मंगलबार, असार १६, २०८३
प्रतिक्रिया दिनुहोस्