आइतबार, साउन १७, २०८३

शिक्षकको विज्ञापन तत्काल खुलाउन आयोगलाई शिक्षक संघको ध्यानाकर्षण

नेपाल शिक्षक संघका पदाधिकारीले शिक्षक सेवा आयोगका नवनियुक्त पदाधिकारीहरुलाई भेटेर तत्काल आयोगको गतिविधि अघि बढाउन ध्यानकर्षण गराएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– नेपाल शिक्षक संघका पदाधिकारीले शिक्षक सेवा आयोगका नवनियुक्त पदाधिकारीहरुलाई भेटेर तत्काल आयोगको गतिविधि अघि बढाउन ध्यानकर्षण गराएका छन्।

आयोगका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षकको विज्ञापन र बढुवाको कामलाई अघि बढाउन ध्यानाकर्षण गराएका हुन्।

उनले आयोगका अध्यक्ष र सदस्यद्वयबाट आयोगले आन्तरिक गृहकार्य गरिरहेको, विज्ञापन खोल्ने तयारी भइरहेको र आगामी योजनाहरुका विषयमा संघलाई जानकारी गराएको बताए। 

संगठनले आयोगमा पदाधिकारी नहुँदा रोकिएका कामहरु तत्काल अघि बढाउने र आगामी योजनाका विषयमा छलफल भएको जनाएको छ।

प्रकाशित: Aug 17, 2021| 15:33 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्