शनिबार, भदौ ६, २०८३

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

 |  मंगलबार, असार ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०८३

काठमाडौं- झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 23, 2026| 09:00 मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्