आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अर्बौंको सहकारी घोटालाको सफल छानबिन गरेका निर्मल रास्वपाको खुला तर्फको केन्द्रीय सदस्यका उम्मेद्‍वार

अर्बौंको सहकारी घोटालाको सफल छानबिन गरेका निर्मल रास्वपाको खुला तर्फको केन्द्रीय सदस्यका उम्मेद्‍वार

 |  आइतबार, असार ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै विभिन्न पदका आकांक्षीहरूको चर्चा बढिरहेको छ। यसैक्रममा वित्तीय क्षेत्र, सुशासन र सार्वजनिक उत्तरदायित्वका विषयमा सक्रिय रहँदै आएका निर्मल गौतमले खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

National life

बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका गौतम सार्वजनिक सेवा, सुशासन, जवाफदेहिता, वित्तीय स्वायत्तता तथा आर्थिक विकेन्द्रीकरणका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनी विभिन्न नेतृत्व विकास कार्यक्रम, युवा सशक्तीकरण अभियान तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा पनि संलग्न रहँदै आएका छन्।

गौतमले कम उमेरमै वित्तीय क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। २३ वर्षको उमेरमा साविकको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, स्याङ्जामा लेखा परीक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालेका उनले त्यसपछि धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङ तथा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, नवलपुरमा लेखा परीक्षण विभाग प्रमुख तथा कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

वित्तीय विश्लेषकका रूपमा कार्यरत रहँदा उनले विभिन्न सहकारी संस्थामा देखिएको अनियमितता तथा वित्तीय जोखिमको अध्ययन र विश्लेषणमा समेत काम गरेका छन्। उनका समर्थकहरूका अनुसार २७ वटा सहकारी संस्थासँग सम्बन्धित करिब ११ अर्ब रुपैयाँ बराबरको वित्तीय अनियमिततासम्बन्धी अध्ययन तथा प्रतिवेदन निर्माणमा उनले भूमिका खेलेका थिए। उक्त अध्ययनमा करिब ६० हजार बचतकर्तासँग सम्बन्धित विषय समेटिएको बताइएको छ।

यस्तै, वित्तीय अनुशासन र कर प्रणालीलाई प्रभावकारी बनाउन योगदान पुर्‍याएको दाबी गर्दै समर्थकहरूले गौतमको अनुभव र दक्षताले पार्टीको नीतिगत तथा संगठनात्मक नेतृत्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Shivam cement

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी तालिकाअनुसार असार ८ गते उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न हुनेछ भने असार ९ गते सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ।

प्रकाशित: Jun 21, 2026| 21:53 आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्