बुधबार, साउन २७, २०८३

सवारी दुर्घटनामा २३ जना घाइते

 |  आइतबार, असार ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०८३

बाजुरा- साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट यात्री लिएर  सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। 

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ। घाइतेको अवस्था सामान्य छ। 

प्रकाशित: Jun 21, 2026| 13:26 आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्