सोमबार, कात्तिक १६, २०८३

आइतबारको सार्वजनिक बिदा खारेज

 |  सोमबार, असार १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०८३

काठमाडौं। सरकारले दुई दिन सार्वजनिक बिदा दिने यवस्था खारेज गरेको छ। 

गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो।  

सरकारले देशभरका सबै सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ।

त्यसैगरी, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ। शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने व्यवस्था गरिएको छ।

प्रकाशित: Jun 15, 2026| 23:38 सोमबार, असार १, २०८३