बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १५औँ महाधिवेशनको क्रियाशील सदस्यता नवीकरणमा विवाद : ‘पुसमै गरिएको प्रक्रियालाई नै वैधानिकता दिइयोस्’

१५औँ महाधिवेशनको क्रियाशील सदस्यता नवीकरणमा विवाद : ‘पुसमै गरिएको प्रक्रियालाई नै वैधानिकता दिइयोस्’

 |  बिहीबार, जेठ २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गरी गरिएको क्रियाशील सदस्यता नवीकरणको प्रक्रियालाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ। कांग्रेसका एक शुभेच्छुक थुमराज उपाध्यायले एक अपिल जारी गर्दै पुस महिनामै विधिपूर्वक सम्पन्न भइसकेको क्रियाशील सदस्यता नवीकरणलाई नै अन्तिम र वैधानिक मानिनुपर्ने माग गरेका छन्।

National life

उपाध्यायले पार्टीको आधिकारिक निर्णय र निर्धारित प्रक्रियाबमोजिम आफूले पुस महिनामै शुल्क बुझाएर सदस्यता नवीकरण गरिसकेको उल्लेख गर्दै, उक्त प्रक्रिया नै वैधानिक रहेको जिकिर गरेका छन्। पार्टीको आधिकारिक निर्णय र महाधिवेशनको तयारीसँग जोडिएको काम भएकाले यसैलाई आधार मान्नुपर्ने उनको अडान छ।

हाल ‘नेपाली कांग्रेस २.०’ को नाममा पुनः सदस्यता नवीकरणका लागि भइरहेको प्रयासप्रति उनले कडा आपत्ति जनाउनुभएको छ। सदस्यता नवीकरणको समय सकिनै लाग्दा विभिन्न माध्यमबाट आएका सूचना र दबाबले पार्टीभित्र अनावश्यक अन्योल र विभाजन निम्त्याउने भन्दै उहाँले चिन्ता व्यक्त गरेका छन्। पहिले नै विधिसम्मत रूपमा सम्पन्न भइसकेको नवीकरणलाई निष्प्रभावी बनाउने वा सदस्यहरूलाई पुनः दबाब दिने कार्यले पार्टीलाई कमजोर बनाउने उनको बुझाइ छ।

उनले सदस्यता कुनै व्यक्ति, गुट वा समूहको कृपाको विषय नभई पार्टीको विधान र सदस्यहरूको लोकतान्त्रिक अधिकारसँग जोडिएको विषय भएको स्पष्ट पारेका छन्। सदस्यता नवीकरणका नाममा सदस्यहरूको सहमति बिना ओटीपी पठाउने वा अनावश्यक दबाब दिने कार्य तत्काल रोक्न उनले सम्बद्ध पक्षसँग कडा आग्रह गरेका छन्।

कांग्रेसको शक्ति व्यक्ति, गुट वा कुनै अस्थायी अभियानमा नभई पार्टीको विधि, विधान, संस्थागत मर्यादा र सदस्यहरूको सम्मानमा निहित रहने बताउँदै उपाध्यायले १५औँ महाधिवेशनका लागि विधिसम्मत रूपमा सम्पन्न भइसकेको क्रियाशील सदस्यता नवीकरणलाई यथावत राख्न र पार्टीको संस्थागत गरिमा जोगाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्।

Shivam cement

प्रकाशित: Jun 11, 2026| 21:48 बिहीबार, जेठ २८, २०८३
प्रतिक्रिया दिनुहोस्