बुधबार, जेठ २७, २०८३

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

 |  बुधबार, जेठ २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २७, २०८३

काठमाडौं- आज बिहान ११:०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन।

National life

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन्। 

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए।

प्रकाशित: Jun 10, 2026| 12:42 बुधबार, जेठ २७, २०८३
प्रतिक्रिया दिनुहोस्