मंगलबार, जेठ २६, २०८३

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

 |  मंगलबार, जेठ २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २६, २०८३

नवलपरासी- राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित हुनभएको छ। गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उहाँ सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिइन्। 

National life

प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरेका छन्। 

उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित हुनुभएको छ। अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो। कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए।

प्रकाशित: Jun 09, 2026| 08:24 मंगलबार, जेठ २६, २०८३
प्रतिक्रिया दिनुहोस्