सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विद्युत् बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

विद्युत् बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

 |  सोमबार, जेठ २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २५, २०८३

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन्। 

National life

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फस्र्यौट गर्नुपर्ने सुझाव दिएका हुन्।

उनले भने, ‘बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्नुपर्दैन। विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेका छन्। यसमा थप निर्णयको आवश्यकता छैन। ऐन, नियममा के छ, प्रक्रिया के हो त्यही अनुसार गर्नुहोस्। कसैलाई काखा कसैलाई पाखा गर्नु छैन। प्राधिकरणको उच्च व्यवस्थापनले बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुभन्दा आफ्नो संयन्त्र परिचालन गर्ने तर्फ ध्यान दिनुपर्छ।’

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। 

उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए। महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत् महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ।

Shivam cement

प्रकाशित: Jun 08, 2026| 16:36 सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्