सोमबार, साउन ११, २०८३

रास्वपा सुर्खेतको सभापतिमा सापकोटा दोहोरिए

 |  सोमबार, जेठ २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २५, २०८३

कर्णाली- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित भएका छन्।

पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो। पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ।

रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचिनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ।

सभापति सापकोटाका अनुसार आफू सर्वसम्मत भए पनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुङ्गो अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ। जिल्ला कार्यसमिति १३ सदस्यीय हुने उनले जानकारी दिए।

प्रकाशित: Jun 08, 2026| 07:06 सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्