काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको र यस क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताएका छन्।