मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भन्सार छलेको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ७७४ वटा गाडी

भन्सार छलेको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ७७४ वटा गाडी

 |  बिहीबार, जेठ २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २१, २०८३

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।
 
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
 
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट  सुरक्षाकर्मी परिचालन भएका थिए।
 
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Jun 04, 2026| 10:49 बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्