शुक्रबार, साउन १५, २०८३

ओठभित्र केएफसीको ट्याटु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- 'केएफसी’ अर्थात् केनटकी फास्ट संसारभर प्रख्यात फास्ट फुड हो। यस खानाका पारखी धेरै छन्। केएफसीकी ‘डाइ हार्ट फ्यान’ एक २० वर्षीया युवतीले आफ्नो ओठको भित्री भागमा ट्याटु खोपेको द मिरर अनलाइनले उल्लेख गरेको छ।

अस्ट्रेलियाको मेलबर्न राज्यकी त्याबाथा एन्ड्राडेले आफ्नो ओठभित्रको भागमा केएफसीको ट्याटु खोपेकी हुन्। पेसाले ब्याङ्कर रहेकी त्याबाथालाई ट्याटु खोप्ने इच्छा आमाबुबालाई बताइन्। आमाबुबाले त्याबाथाको जीवनमा सबैभन्दा महत्त्व लाग्ने र अर्थपूर्ण विषयकै ट्याटु खोप्न सल्लाह दिएका थिए।

त्याबाथाले आफ्नो जीवनको महत्त्वपूर्ण विषय के हो भनी ठम्याउन सकेकी थिइनन्। यस कारण उनको ट्याटुको सपना अपुरो थियो। सन् २०१८ मा उनी बिदाको यात्रामा थिइन्। त्यसैबेला उनले केएफसी लोगोको ट्याटु बनाउने निर्णय गरेकी हुन्।   

त्याबाथाका अनुसार केएफसी उनको सबैभन्दा मनपर्ने खाना हो। उनले केएफसी खाँदा जतिको खुसी अरूमा नहुने बताइन्। उनले सबैभन्दा कम भनेकै सातामा एक दिन केएफसीको खान्छिन्। उनका साथीहरूले उनको ‘चिकेन कनसर’ उपमा दिएका छन्। ‘कनसनको’ अर्थ हो पारखी।

उनलाई आफ्नो घरमा रहेको कुकुरको नाम पनि नग्गेट राखेकी छन्, जुन केएफसीको ‘चिकेन नग्गेट’ बाट राखिएको हो। उनले भनिन्, ‘केएफसीको लोगो संवेदनशील भागमा खोप्दा पनि म उत्साही थिएँ। मलाई पीडाको महसुस नै भएन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।