सोमबार, साउन ११, २०८३

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

 |  बुधबार, जेठ २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २०, २०८३

दाङ- लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन्।  

आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए। 

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जनाले राजीनामा दिएका हुन्। राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन्।

प्रकाशित: Jun 03, 2026| 12:39 बुधबार, जेठ २०, २०८३
प्रतिक्रिया दिनुहोस्