मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विरोधमा विपक्षीको अवरोधसँगै प्रतिनिधिसभा बैठक जेठ २५ सम्मका लागि स्थगित

विरोधमा विपक्षीको अवरोधसँगै प्रतिनिधिसभा बैठक जेठ २५ सम्मका लागि स्थगित

 |  मंगलबार, जेठ १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

National life

मंगलबार बसेको बैठकको सुरुवातमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र विनातथ्य दिएको अभिव्यक्तिका लागि माफी माग्नुपर्ने अडान राख्दै नाराबाजी सुरु गरेका थिए।

विपक्षी सांसदहरूको अवरोध र नाराबाजीका बीच सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउन खोजेका थिए। तर, सांसदहरूले सभामुखको आसन (वेल) नजिकै पुगेर नाराबाजी जारी राखेपछि संसद्को कार्यसूची अगाडि बढ्न सकेन।

लगातारको नाराबाजी र अवरोधका कारण बैठक सञ्चालन गर्ने वातावरण नभएपछि सभामुखले प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन्।
 

प्रकाशित: Jun 02, 2026| 15:46 मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्