मंगलबार, जेठ १९, २०८३

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

 |  मंगलबार, जेठ १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १९, २०८३

काठमाडौं- सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।

National life

मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ। समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ।

सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (युएनइपी)बाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोटेरल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ। बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jun 02, 2026| 13:52 मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्