काठमाडौं- प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेबाट बस्दैछ।
आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ।
बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ।