बुधबार, जेठ १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लामो संघर्षबाट प्राप्त व्यवस्थाको रक्षा गर्नु सबै दलको मुख्य जिम्मेवारी हो : पूर्वराष्ट्रपति यादव

लामो संघर्षबाट प्राप्त व्यवस्थाको रक्षा गर्नु सबै दलको मुख्य जिम्मेवारी हो : पूर्वराष्ट्रपति यादव

 |  बुधबार, जेठ १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १३, २०८३

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने बताएका छन्।

National life

नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक संस्थाहरूभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको औंल्याए। "लोकतन्त्रविना प्रेस जगत् चल्न सक्दैन र प्रेसविना लोकतन्त्र चल्दैन," उनले भने, "त्यसैले लोकतान्त्रिक संस्थाहरूलाई अझ मजबुत बनाउन आवश्यक छ।"

नेपालमा लामो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले यसको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए। राजनीतिक दलहरूले जनभावना बुझ्नुपर्ने उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा युवापुस्ताको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे।

"यो व्यवस्था एक दिनमा आएको होइन, हजारौँ नेपालीको बलिदान र ७०–८० वर्षको संघर्षको उपलब्धि हो," पूर्वराष्ट्रपति यादवले भने, "गल्ती गर्ने पछाडि छुट्छ, सही गर्ने अगाडि बढ्छ। अब युवाहरूले यो व्यवस्थालाई बचाएर देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा व्यवस्थित गर्नुपर्छ।"

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति संकेत गर्दै उनले नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने सुझाव दिए। जनताले ठूलो आशाका साथ नयाँ शक्तिलाई समर्थन गरेको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजाने जिम्मेवारी उनीहरूको पनि भएको प्रष्ट पारे।

Shivam cement

पूर्वराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्दै देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्ने धारणा राखे। सम्पूर्ण नेपाली जनता सरकारको सोही दृष्टिकोण सुन्न आतुर रहेको उनको भनाइ थियो।

विश्वभर नै लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए। उनले भने, "हाउस (संसद्), सरकार, न्यायालय र राष्ट्रपतिको संस्थाबीच बलियो समन्वय भएर मात्रै लोकतान्त्रिक प्रणाली सफल हुन्छ।"

सम्बोधनको अन्त्यमा पूर्वराष्ट्रपति यादवले नेपालको संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना समेत दिए।

प्रकाशित: May 27, 2026| 15:18 बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्