मंगलबार, जेठ ५, २०८३

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

 |  मंगलबार, जेठ ५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ५, २०८३

National life
Shivam cement

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यसूची छ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। 
    
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ। 

प्रकाशित: May 19, 2026| 10:15 मंगलबार, जेठ ५, २०८३
प्रतिक्रिया दिनुहोस्