शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले सचिवालयको निर्णय: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण

एमाले सचिवालयको निर्णय: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण

 |  सोमबार, जेठ ४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ४, २०८३

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।

भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले यस निर्णयबारे आधिकारिक जानकारी दिएका हुन्।

"आजको सचिवालय बैठकको एउटै र सबैभन्दा महत्वपूर्ण निर्णय भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने नै हो," उपमहासचिव भट्टले भने।

दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर सक्रिय राजनीतिमा फर्किने इच्छा देखाएकी भण्डारीलाई एमालेले औपचारिक रूपमा पार्टीमा पुनरागमन गराएको हो। यस निर्णयसँगै एमालेभित्रको आन्तरिक समीकरण र आगामी राजनीतिक दिशामा यसलाई निकै चासोका साथ हेरिएको छ।

प्रकाशित: May 18, 2026| 18:38 सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्