शनिबार, असार २०, २०८३

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ।

पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम  श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो। श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ।

प्रकाशित: May 15, 2026| 19:33 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्