बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

 |  बिहीबार, वैशाख ३१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह मर्यादा र परम्परा विपरीत गएको आरोप लगाएका छन्।

National life

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा छलफल भइरहेका बेला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको छलफलमा ध्यान नदिएको गुनासो गरे। साम्पाङका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनेको तर पछि वा लाइभमार्फत सुन्ने अवस्था संसदको परम्परा र मर्यादाविपरीत हो।

उनले संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन् ’ भन्दै कटाक्ष गरे।

उनले भने, ‘जीवन सिकाइ हो। हरेक पल हामीले सुनिरहनुपर्छ। अरूले के भन्छन्, हामीले सिकिरहनुपर्छ। महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुख, जसले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। उहाँले हामीलाई सुनिरहनुभएको छैन। उहाँले लाइभमा सुनिरहनुभएको छ। अथवा भरे सुन्नुहुन्छ भन्ने कुरा पनि होला। तर यो संसदको मर्यादाविपरीत छ। संसदको परम्पराविपरीत पनि छ। उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं। एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन।’

प्रकाशित: May 14, 2026| 17:56 बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्