बिहीबार, भदौ १८, २०८३

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

 |  बिहीबार, वैशाख ३१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ। 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११:१५ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: May 14, 2026| 07:18 बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्