बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय अनुशासन समिति पुनर्गठन, गुरुङलाई संयोजकको जिम्मेवारी

कांग्रेस केन्द्रीय अनुशासन समिति पुनर्गठन, गुरुङलाई संयोजकको जिम्मेवारी

 |  बुधबार, वैशाख ३०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पुनर्गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधानको अधिकार प्रयोग गर्दै नयाँ कार्यसमिति चयन गरेका हुन्।

National life

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम उक्त समिति पुनर्गठन ग रेका हुन्।

समितिको संयोजकमा तारामान गुरुङ र सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन्।

पार्टीभित्रको अनुशासन कायम राख्ने र विधान विपरीतका गतिविधिमाथि छानबिन गर्ने मुख्य जिम्मेवारी रहेको यस समितिलाई सभापति थापाले नयाँ नेतृत्व र सदस्यहरू सहित पूर्णता दिएका हुन्। 

यसअघि पार्टीका आन्तरिक विवाद र अनुशासनका विषयमा समिति निष्क्रिय रहेको आलोचना भइरहँदा यो पुनर्गठनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: May 13, 2026| 17:31 बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्