बुधबार, वैशाख ३०, २०८३

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई उपस्थित गराउन कांग्रेसको माग

 |  बुधबार, वैशाख ३०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३०, २०८३

National life

काठमाडौं- नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसमक्ष आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद् राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति नभएकाले सदनमा बोलाउन आग्रह गरेका हुन्। उनले भने, “तत्काल रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई बोलाउनुहोस्।”

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले झापामा हात्तीको आक्रमणबाट घाइते भएका दिनेश पराजुलीको स्वास्थ्य उपचारका लागि सहयोग गर्न अनुरोध गरिन्। सोही पार्टीका सांसद सागर भुसालले अर्घाखाँचीमा भएको दुर्घटनाका सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्दै सडक सुरक्षा, सवारी अनुगमन तथा व्यवस्थापन र सडकको मर्मतसम्भारमा ध्यान दिन अनुरोध गरे।

प्रकाशित: May 13, 2026| 13:23 बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्