आइतबार, कात्तिक १५, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

 |  मंगलबार, वैशाख २९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २९, २०८३

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ।  बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ। 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२:१५ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: May 12, 2026| 21:40 मंगलबार, वैशाख २९, २०८३