मंगलबार, वैशाख २९, २०८३

पुराना-नयाँको होइन, सवाल सही र गलतको हो : प्रचण्ड

 |  मंगलबार, वैशाख २९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २९, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

National life

पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य र त्यसमा आफूलाई पनि घिसार्न खोजिएको उनले बताए। 

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यको स्मरण गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’

त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उनले बताए।

पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको उनको दाबी छ। 

यस्तै उनले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्।

‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ,’ उनले भने।
 

प्रकाशित: May 12, 2026| 15:26 मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्