मुम्बई – बलिउडका ‘सुल्तान’ सलमान खान मुम्बईको ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्। आमतौरमा अभिताभ बच्चनको बंगला जलसा छ। यस्तै शाहरुख खानको मन्नत मसहुर छ। तर सलमान खानजस्ता सुपरस्टार भने बंगला, पेटाहाउसलाई छोडेर अपार्मेन्टमा बस्छन्। किन त उनी अपार्टमेन्ट रुचाउँछन्?
यसको खास कारण सलमानका पिता सलिम खानले निलेश मिश्रको एउटा सोमा स्पष्ट पारेका छन्। सलिम खानले भने, ‘सलमानका लागि एउटा बंगला लिनु सामान्य कुरा हो। तर उनी यहाँ हामीसँग अपार्मेन्टमा बस्छन्। जसको कारण म हुँ । सलमानले धेरै पटक मलाई एउटा बंगला किन्न भनेका छन्।’
‘म यहाँ १९७३ मा आएको हुँ’, उनले भने, ‘यहाँबाट अन्त जान मन मान्दैन।’ आफू कतै नजाने भएकाले सलमान पनि आफूसँगै बसिरहेको उनले बताए। सलिमका अनुसार बंगलामा जानेबित्तिकै सलमानलाई निकै आराम मिल्नेछ। ‘सलमान बिचरा मुस्किलले एक अपार्टमेन्टमा बसिरहेको छ’, उनले भने, ‘उसले अपारमेन्टको आधा भाग त जिमकै लागि ओगटेको छ। आधामा जुत्ता, कपडा र आफू सुत्ने बनाएको छ। ऊ जस्तोसुकै अवस्था पनि म्यानेज गर्न सक्छ।’
सलिमले भने, ‘सुरुवाती दिनमा यो अपार्टमेन्टमा रहेर निकै संघर्ष गरियो। जब सलमानको जन्जिर फिल्म रिलीज भयो त्यसपछि संघर्ष थोरै कम हुँदै गयो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४