सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

 |  सोमबार, वैशाख २८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २८, २०८३

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ।

National life

सोमबार बसेको संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापनागरी कर्जा अशुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने जानकारी दिए।

उनले भने, ‘समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापनागरी कर्जा अशुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने छ।’

त्यस्तै उनले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने पनि जानकारी दिए।

उनको अनुसार सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ।

प्रकाशित: May 11, 2026| 16:46 सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्