बिहीबार, भदौ १८, २०८३

आजदेखि सुरु हुँदै बजेट अधिवेशन

 |  सोमबार, वैशाख २८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २८, २०८३

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।

प्रकाशित: May 11, 2026| 06:49 सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्