सोमबार, असार १५, २०८३

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट

 |  बुधबार, वैशाख २३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २३, २०८३

काठमाडौं। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

National life

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

मन्त्री मेहताले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गरिन्।

मन्त्री मेहताले खोप तथा प्रतिरक्षणका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रम जस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास समेत व्यक्त गरिन्।

भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

Shivam cement

प्रकाशित: May 06, 2026| 17:55 बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्