सोमबार, असार १५, २०८३

उपराष्ट्रपतिसँग मियोसको शिष्टाचार भेटवार्ता

 |  बुधबार, वैशाख २३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २३, २०८३
National life
Shivam cement

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो।

उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताए। 

“लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्”, उनले भने, “विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ।”

प्रकाशित: May 06, 2026| 16:24 बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्