मंगलबार, वैशाख २२, २०८३

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

 |  मंगलबार, वैशाख २२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।

National life

सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन्।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले जारी गरेका थिए। तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाएका थिए।

सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो। 

प्रकाशित: May 05, 2026| 13:03 मंगलबार, वैशाख २२, २०८३
प्रतिक्रिया दिनुहोस्