काठमाडौं- संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक मङ्गलबार बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३:०० बजे बस्न लागेको जानकारी दिए।
बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए। कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ।