बिहीबार, वैशाख १७, २०८३

तीन विपक्षी दलको ध्यानाकर्षण

 |  बिहीबार, वैशाख १७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १७, २०८३

काठमाडौं। सङ्घीय संसद्मा रहेका तीन विपक्षी दलको आजको बैठकले जनजीविका र समसामयिक सवालमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

National life

राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक बासना थापा, नेकपा (एमाले) का दलका नेता प्रेमप्रसाद दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दलका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानलगायत विषयमा चासो व्यक्त गरेको हो।

बैठकपछि ती नेताहरूद्वारा जारी वक्तात्वमा बढ्दो महँगी नियन्त्रण र सार्वजनिक सुपथ मूल्य सञ्चालनमा ल्याउन, किसानलाई रासायनिक मलको समयमै प्रबन्ध गर्न, कुखुरालगायत पक्षीहरूमा देखिएको बर्डफ्लु प्रभावित किसानलाई राहत दिन आग्रह गरिएको छ।

यसैगरी, पेट्रोलियम पदार्थको सहज आपूर्ति र सहुलियत प्याकेज दिन, विद्यार्थी सङ्गठन तथा कर्मचारी ट्रेड युनियन खारेज नगर्न र सरकारको आगामी नीति कार्यक्रम तथा बजेटको तयारीको छलफलमा विपक्षी दललाई सहभागी गराउन माग गरिएको छ।

प्रकाशित: Apr 30, 2026| 17:26 बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्