शुक्रबार, भदौ १९, २०८३

कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभामा पदाधिकारी मनोनयन

 |  बुधबार, वैशाख १६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १६, २०८३

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गरेका छन्।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उहाँले सांसद पन्तलाई उक्त पदमा मनोनयन गरेका हुन्।

यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित: Apr 29, 2026| 13:30 बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्