शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • होटल र रिसोर्टहरूमा कार्यक्रम नगर्न भूमि व्यवस्था मन्त्रालयको निर्देशन

होटल र रिसोर्टहरूमा कार्यक्रम नगर्न भूमि व्यवस्था मन्त्रालयको निर्देशन

 |  मंगलबार, वैशाख १५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १५, २०८३

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ। 

मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो। 

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायत कार्यक्रम होटेल तथा रिसोर्टमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिमकक्षमा मात्रै गर्नुपर्नेछ।

प्रकाशित: Apr 28, 2026| 07:25 मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्