मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीको हिउँदे अधिवेशन सुरु भएन, एमालेले शाही र वलीलाई कारवाही गर्न पत्र बुुझायो

लुम्बिनीको हिउँदे अधिवेशन सुरु भएन, एमालेले शाही र वलीलाई कारवाही गर्न पत्र बुुझायो

नेकपा एमालेले २ जना सांसदलाई कारवाहीको माग गरेपछि लुुम्बिनीको प्रदेशसभा बैठक शुरु हुन सकेको छैन।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

बुटवल– नेकपा एमालेले २ जना सांसदलाई कारवाहीको माग गरेपछि लुुम्बिनीको प्रदेशसभा बैठक शुरु हुन सकेको छैन।

दिउँसो १ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेको भए पनि एमालेले भने सूूर्य चुनाव चिन्हबाट विजयी भएका विना विभागीय मन्त्री अजय शाही र विमला कुमारी खत्री वलीलाई कारवाहीको माग गरेको छ । 

नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ। सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले बताए। 

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्।

शाहीले आफुलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिइन्।

kumari

प्रकाशित: Aug 17, 2021| 13:47 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।