काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक शुक्रबार बस्ने भएको छ।
समितिको बैठक आज बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो।
बैठकमा कृषि उत्पादनका साधनअन्तर्गत रासायनिक, जैविक तथा प्राङ्गारिक मल, बिउबिजनको आपूर्ति अवस्था तथा किसान प्रोत्साहन कार्यक्रमका लागि सरकारको तयारीबारे छलफल हुने कार्यसूचीमा तय गरिएको छ।
समितिले उक्त विषयमा सरकारको तयारी, आपूर्ति व्यवस्थापन र किसानलाई उपलब्ध गराइने सहुलियत तथा प्रोत्साहन कार्यक्रमबारे सरोकारवालासँग विस्तृत छलफल गर्ने जनाएको छ।
यससँगै बैठकमा विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।