शनिबार, वैशाख १२, २०८३

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

 |  बिहीबार, वैशाख १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १०, २०८३

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो। 

National life

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाए। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए।

प्रदेशसरकारको मन्त्रिपरिषद् निर्णयअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए।

प्रदेशसभाको आज बसेको १६औँ बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ।

 मुख्यमन्त्री आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि ‘छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे।

kumari

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री ढकालले दिएका छन्। त्यस्तै सामाजिक विकास समितिका सभापति यमबहादुर नेपालीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरे। 

वसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमूना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीलगायत प्रदेशसभा सदस्यहरूले बैठकको शून्य समयमा समसामायिक विषयमा आ–आफ्ना धारणा राखेका थिए।
 

प्रकाशित: Apr 23, 2026| 16:26 बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्