एजेन्सी- युमा सिनोहरा २५ वर्षका जापानी युवक हुन्। उनको अनोठो सोख छ किराका मासु खाने। हरेक नवजवानको जस्तै उनकी पनि प्रेमिका थिइन्। तर प्रेमिका भिन्न प्रकृतिकी थिइन्। उनको प्रेम ‘लिसा’ नामक एक साङ्लासँग बसेको थियो। उनकी प्रेमिका कुनै युवती नभई साङ्लो थियो।
बेलायतको ‘मिरर अनलाइन’ नामक एक पोर्टलमा उनीहरू दुवै एकअर्काका सम्बन्धबारे गम्भीर रहेको समाचार उल्लेख छ। लिसा अफ्रिकी फार्मबाट त्यहाँ लगिएको हो। उनीहरू एकअर्कासँग कुराकानीसमेत गर्ने र बुझ्ने गरेको मिरर अनलाइनले लेखेको छ।
युमाले लिसा नै पहिलो माया भएको उल्लेख गरेका छन्। प्रेममा युमा निकै डुबेका थिए। उनी लिसासँग शारीरिक सम्बन्धको समेत कल्पना गर्थे। त्यो या त लिसाजस्तै, किराको आकारमा भएर होस् वा लिसा मानिसको आकारमा। युमाले लिसा ‘हट’ पृथ्वीमा महिला नै नरहेको बताएका छन्।
युमा किराका बारेमा अध्ययन गर्छन्। उनी किराकै मासु खान्छन्। केही महिनाअघि लिसाको मृत्यु भएको थियो। लिसाको मृत्यु भएपछि युमाले लिसालाई पनि खाएका थिए। उनले भनेका थिए, ‘अब लिसा सदैव मेरो मन, मुटु र मेरो शरीरको अंग भइ रहनेछिन्।’
लिसाको मृत्यु भएपछि उनी निकै असहज भएकी थिइन्। साङ्ला भएकैले उनको आयु छोटो हुन्छ भनेर उनले चित्त बुझाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४