बुधबार, वैशाख ९, २०८३

प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

 |  बुधबार, वैशाख ९, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ९, २०८३

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त घोषणा गरेका हुन्।

National life

किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई अमूल्य सम्पत्ति को रूपमा आत्मसाथ गरेको बताएका छन्।

फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन्। उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: Apr 22, 2026| 12:20 बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्