मंगलबार, साउन १२, २०८३

प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

 |  मंगलबार, वैशाख ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ८, २०८३

काठमाडौं। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ।

समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन्।

मस्यौदा बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए। उनले सदनमा विस्तृत छलफल हुने र आवश्यक परेमा कमी–कमजोरी सुधार गर्न सकिने उल्लेख गरे।

संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने सभामुख अर्यालले बताएका थिए।

प्रकाशित: Apr 21, 2026| 18:08 मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्