मंगलबार, साउन १२, २०८३

भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

 |  सोमबार, वैशाख ७, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ७, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।

‘दोस्रो महामन्त्रीको रुपमा भुपदेव शाह मनोनयन अनुमोदन हुनुभएको छ,’ उनले भने

त्यस्तै रास्वपाले सचिवालयमा दुई जना सदस्य थप गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए।

उनले भने, ‘हाम्रो सचिवालय सदस्यमा दुई जना सदस्यहरु थपिनुभएको छ। केन्द्रीय सदस्य रहनुभएको सागर ढकाल र केन्द्रीय सदस्य नै रहनुभएको सरिता श्री ज्ञवाली हुनुहुन्छ।’
त्यस्तै उनको अनुसार सांसदहरूको लेवी घटाउने निर्णय पनि बैठकले गरेको छ।

गृहमन्त्री सुदन गुरुङको विषयमा भने बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए।

प्रकाशित: Apr 20, 2026| 19:02 सोमबार, वैशाख ७, २०८३
प्रतिक्रिया दिनुहोस्