मंगलबार, साउन १२, २०८३

संसदीय समितिका सभापतिको निर्वाचन आज

 |  शुक्रबार, वैशाख ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं- संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदै छ। 

आज बस्ने प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

समितिका सभापतिमा बिहीबार मनोनयन दर्ता भएको छ। जसमा शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा २/२ जनाको उम्मेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ।

यस्तै, कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले मनोनयन गरेका छन्।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा। ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ।

प्रकाशित: Apr 17, 2026| 11:29 शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्