शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रणवीरले दीपिकालाई मेरो जीवनको रोशनी हुन् भनेपछि...

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
मुम्बई – रणवीर सिंह र दीपिका पादुकोणको जोडी रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि सबैको प्रिय छ। बिहेपछिका उक्त जोडीका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् र ती तस्बिरलाई थुप्रैले मन पराएका छन्। जन्मदिनमा दीपिकाले आफ्नो वेबसाइट लन्च गरेकी थिइन्। दीपिकाको वेबसाइटमा रणवीरले दीपिकाका लागि एउटा इमोसनल म्यासेज लेखेका छन्।

उनले लेखेका छन्, ‘दीपिका निकै असल मान्छे हुन्। म मेरी पत्नी भएको नाताले यो भनिरहेको छैन। मेरो उनीप्रतिको फिलिङ् कस्तो छ भन्ने व्याख्या गर्नका लागि मसँग कुनै शब्द छैन। तर पनि म उनको बयान गर्न गइरहेको छु। म उनको एकदमै नजिक भएकाले यति भन्न सक्छु कि उनी आफूभित्र एक ब्रह्माण्डको पोषण गर्छिन्। उनमा असिम प्यार, दया, बुद्धिमान, सुन्दरताको समायोजन छ। यी सबै चिजको समायोजन भएकाले उनी कुशल र सफल एक्टरको भूमिका निर्वाह गर्न सक्छिन्। उनको अनुशासनको त झनै तारिफ गरिसाध्य छैन।’

रणवीरले अगाडि लेखेका छन्, ‘दीपिकाकीले समयसँगै चल्न जानेकी छन्। उनी निकै धार्मिक छन्। उनको आस्थाले उनी सम्मान गर्न लायक छन्। म दुनियाँमा सबैभन्दा गौरवान्वित पति हुँ किनकि दीपिका मलाई असल कामका लागि सधैं प्रेरित गरिरहन्छन्। उनले मेरो जिन्दगी असल बनाइदिन्छन्। उनी मेरो जीवनको रोशनी हुन्।’

दीपिका र रणवीरको बिहे भएको तीन महिना हुँदैछ। बिहेपछि उनीहरुले थुप्रै पार्टीसमेत दिएका छन्। यो जोडीले इटालीमा केही साथी र आफन्तहरुको उपस्थितिमा बिहे गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्