बिहीबार, वैशाख ३, २०८३

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा आज सुनुवाइ

 |  बिहीबार, वैशाख ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३, २०८३

National life
kumari

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक भन्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा आज न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकेर सुनुवाइ हुँदैछ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।

प्रकाशित: Apr 16, 2026| 11:37 बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्