बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

 |  बुधबार, वैशाख २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २, २०८३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

National life

उक्त भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सारगर्भित छलफल भएको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गसहित विभिन्न पूर्वाधार आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे।

त्यसैगरी, उनले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए। साथै, विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपालीप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।

kumari

जवाफमा राजदूत मायदा तोरुले नेपालीहरू जापानी समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै नेपाल–जापान आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताए।

भेटवार्तामा पर्यटन क्षेत्रलाई दुई देशबीचको सहकार्यको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो। विशेषगरी लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास तथा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि रणनीतिक साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो।

दुवै पक्षले नेपाल–जापान सम्बन्धलाई अझ सुमधुर, सुदृढ र विस्तार गर्दै लैजान प्रतिबद्धता व्यक्त गर्दै भेटघाट सम्पन्न भएको हो।

प्रकाशित: Apr 15, 2026| 17:35 बुधबार, वैशाख २, २०८३
प्रतिक्रिया दिनुहोस्