शुक्रबार, चैत २७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • बलिउड शैलीमा निर्माण गरिएको शंकरको प्रेमको जितमा आर्यन सिग्देल र आश्विनी

बलिउड शैलीमा निर्माण गरिएको शंकरको प्रेमको जितमा आर्यन सिग्देल र आश्विनी

 |  शुक्रबार, चैत २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । शंकर श्रेष्ठ, अविज्ञा घिमिरे र विषम आचार्यको स्वर रहेको प्रेमको जित बोलको गीतको भिडियो रिलिज गरिएको छ।

National life

प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत प्रेमको जितको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ।

अहिले बजारमा बनिरहेका भिडियोभन्दा भिन्न शैली र म्यूजिक भिडियोमा पनि फिल्मी शैलीको प्रयोग गरेर बनाइएको भिडियो हेर्दा लाग्छ यो कुनै सिनेमा भन्दा कम छैन। 

अभिनेता आर्यन सिग्देललाई अहिलेसम्मकै भिन्न अवतारमा देखाइएको भिडियोमा गायक शंकर स्वयमको अभिनय देख्न सकिन्छ। भिडियोमा सुन्दरी मोडल आश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशवराज भट्टले। 

भिडियोमा आश्विनी चिटिक्क देखिएकी छिन्। उनको प्रेमको  जित भए पनि प्रेमी रहदैनन् र दुवै एकसाथ बिदा हुन्छन्। 

kumari

वियोगान्त प्रेमको कथालाई निर्देशक भट्टले न्याय गरेका छन्। निर्देशक भट्टले अभिनेताद्वय आर्यन र शंकरका अलावा सुन्दरी मोडल आश्विनीलाई सुहाउँदो गेटअपमा उतारेका छन्।

दृश्यहरू पनि तारिफयोग्य छन् भने भिडियो छायांकन गरिएको स्थान पनि निकै लोभलाग्दो छ। लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज  मिक्सिङ् र मासटरिङ् रहेको छ। 

करण चैसरको छायाङ्कन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन्। भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो।

प्रकाशित: Apr 10, 2026| 21:41 शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्